कञ्चनपुर, ३० कार्तिक। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बाट नेपाल भारतको एक चोरको गिरोहले नगद र बहुमुल्य सुन सहितका समानहरु चोरी गरि नेपाल ल्याउने क्रममा पक्राउ परेका छन । नेपाल भारत दुवै देशका चोर गिरोहको समुहले बङलोरका एक भारतीय नागरिकको घरबाट चोरेर ल्याईरहेका नगद, सुन सहित दुईं नेपाली युवक पक्राउ परेका हुन ।
मंगलबार बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेलौरी नगरपालिका १ फटैयाबाट नगद सहित समान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले भारतको बङलोरबाट नगद पैशा सहितका गरगहना चोरी गरि नेपाल ल्याएको भारतीय सीमा सुरक्षा बल९एसएसबी०ले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बेलौरी नगरपालिका १ फटैयाका लालचन्द्र शाही९ठकुरी०को घरबाट नगद सहितका समान बरामद गरिएको बताए ।
‘हामीलाई भारतबाट नगद सहितको समान चोरर नेपाल ल्याईरहेको सूचना आयो, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘सयुक्त टोलीले घरबाट चोरीमा संलग्न दुई युवक सहित समान बरामद गरेका छौँ ।’
सशस्त्र प्रहरी निरीक्षक निम बहादुर भण्डारी र प्रहरी निरीक्षक कैलास सिह विष्टको संयुक्त टोलीले शाहीको घरबाट चोरी गरि ल्याएका समान बरामद गरेको छ । चोरीका संलग्न फटैयाका लालचन्द्र शाही९ठकुरी० र कैलाली लम्किचुवा नगरपालिका १का विष्नु शाहीलाई पक्राउ गरेको छ । उनीहरुले भारतबाट चोरी गरि ल्याएका समान समेत बरामद गरिएको छ । ४ लाख ३९ हजार भारतीय रुपैया, ४० हङकङ डलर, १ हजार २ सय ६० थाईल्याण्ड भाट, एक हजार ५ यूएई डलर, २ हजार ८ सय १० क्यानडियन डलर, २३ मलेसियन रिङगिट, १८ सिङगापुर डलर, १ कतार रियाल, १ सय ३० दुबई दिराम, १सय ६१ चाईना युवान बरामद गरिएको छ । सुनजस्तो देखिने पहिलो थातु बिना पत्थर ३७ तोला ११ आना, सुनजस्तो देखिने पहिलो थातु पत्थर सहित १२६ तोला २ आना, पत्थर एक हजार ९९८ ग्राम र ४ थान ल्याफटअफ बरामद गरिएको छ । बरामद गरिएको समान सशस्त्र प्रहरीले प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । तर, कञ्चनपुरले प्रहरीले भने उक्त समान बारे प्रहरीलाई केही थाहा नभएको बताएको छ । सशस्त्र प्रहरीले बरामद गरेको समान नेपाल प्रहरीलाई बुझाएको संचारमाध्यम मार्फत जनाएपछि कञ्चनपुर प्रहरीले उक्त समानको विषयमा प्रहरीलाई केही थाहा नभएको र सशस्त्रलाई नै सोध्न जवाफ दिएको छ ।