भीमदत्त नगरपालिकाद्वारा ब्लड बैंकका लागि रेडक्रसलाई चार लाख

भीमदत्त नगरपालिकाद्वारा ब्लड बैंकका लागि रेडक्रसलाई चार लाख

  • मङ्लबार, कार्तिक ३०, २०७८
  • डम्मर दत्त भट्ट

  • 7.9K
    SHARES

कञ्चनपुर, ३० कार्तिक।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले ब्लड बैंक संचालनका लागि रेडक्रसलाई चार लाख रुपैया आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले मंगलबार एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कञ्चनपुरलाई ब्लड बैंक संचालनका लागि चार लाख रुपैया आर्थिक सहयोग गरेको हो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले रेडक्रस सोसाईटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई चार लाखको चेक हस्तान्तरण गरेका छन ।
भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले हरेक बर्ष रेडक्रसलाई रगत बैंक संचालनका लागि नगरपालिकाका तर्फबाट आर्थिक सहयोग गर्दै आएको बताए । ‘हामीले चुनावका बेला जनताको स्वास्थ्यका लागि चुनावी प्रतिबद्धता गरेका थियौँ, ‘प्रवक्ता चन्दले भने, ‘त्यही कार्यक्रमको निरन्तरता हो ।’ भीमदत्त नगरपालिकाले ०७४ सालदेखि रेडक्रसलाई रगत अभाव हुन नदिनका लागि निरन्तर आर्थिक प्याकेज सहयोग गर्दै आएको छ । ‘रगतको अभावले कुनै पनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस, ‘प्रवक्ता चन्दले भने, ‘हामीले निःशुल्क रगतका लागि रेडक्रसलाई रकम उपलब्ध गराएका हौँ ।’ भीमदत्त नगरपालिकाका नगर प्रमुख मेयर सुरेन्द्र विष्टले स्वास्थ्यका लागि रकम दिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ