स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास!

स्मार्ट सर्वे गर्दै बनेपा नगरपालिका, जनतालाई प्रविधीमैत्री बनाउने प्रयास!

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २८ कात्तिक । बनेपा नगरपालिकाले स्मार्ट पालिकाको सहकार्यमा डिजिटल घरधुरी सर्वेक्षण गर्ने भएको छ।

नगरपालिकाभित्र रहेको १४ वटा वडाका लगभग १५ हजार घरधुरीलाई डिजिटल सर्वेक्षण मार्फत समेट्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले डिजिटल सर्वेक्षण मार्फत तथ्यांक संकलन गरी नगरपालिकाको स्थानीय तहको सबै तथ्यांक राखेर नगरपालिकालाई चुस्तदुस्त बनाउन लागिएको बताए ।

नगरका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले गणकहरुले लिएर आएको विवरणको आधारमा नगरपालिका आफ्नो सत्यतथ्य विवरणहरु उपलब्ध हुने बताए । उनका अनुसार यो सर्वेक्षणमार्फत योजनाहरु सँगसँगै विकास निर्माणका कामहरुलाई अगाडि बढाउन सहज हुन्छ ।

बनेपा नगरपालिकाको विषयगत शाखा अनुसारको प्रश्नपत्र योजना शाखा अधिकृत शर्मिला बन्जाडेले तयार पार्नुभएको छ भने नगरले घरघरमा गणकहरु पठाएर डिजिटल रुपमा घरदैलो सर्वे सुरु गर्ने र जियो पोइन्ट,घरमुलिको फोटो देखि सम्पती सम्मका तथ्यांक लिने योजना अनुसार नै काम अघि बढाएको नगरपालिकाको भनाइ छ ।

स्मार्ट पालिकाका सह–संस्थापक राजानन्द माण्डव्यले डिजिटल सर्वेक्षणमार्फत नगरपालिकाको सम्पूर्ण विवरण संकलन गरेपछि जनताले लिनुपर्ने सेवा सुविधाहरु मोबाइलकै माध्यमबाट लिन सकिने बताए । उनका अनुसार मोबाइलकै माध्यमबाट कर, राजस्व तिर्न सहज बनाउने प्रावधानसहित योजना बनाइएको हो ।

पहिलो चरणको डिजिटल घरदैलो अभियान सकिएपछि दोस्रो चरणमा वडाबाट लिने सिफारिस र राज्यलाई तिर्नुपर्ने कर पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाउने नगरपालिको योजना छ ।

डिजिटल सर्वेक्षणका लागि आज गणकहरुलाई तालिमसमेत दिइएको छ । स्मार्ट पालिकाका क्याम्पेन निर्देशक बिबस​ महतलेदेशका ७० भन्दा बढी पालिकाले अहिले सुचना प्रविधिमैत्री हुने प्रयास गर्दै स्मार्टपालिका संग सहकार्य गर्दै आइरहेको र गणकहरुलाई कसरी सर्वे गर्ने, विवरण संकलन गर्ने, कसरी उपलब्ध विवरण सुरक्षित राख्ने, कसरी विवरणलाई डिजिटलाइज गर्ने भन्ने सम्बन्धिमा गणकहरुलाई प्रशिक्षण दिएका थिए । यसैगरी, सर्वेबाट आएको तथ्यांक कसरी नगरले प्रयोग गर्ने र तथ्यांक के कस्ता विषयमा घरमुलीसँग लिने भन्ने प्रशिक्षण स्मार्टपालिकाका क्याम्पेन को-अर्डिनेटर आवेग केसीले प्रस्तुत गरेका थिए।

स्मार्ट पालिकाले लगभग ७० वटा भन्दा बढी स्थानीय तहसँग सहकार्य गरी प्रविधिमैत्री सुशासन निर्माणका लागि काम गर्दै आइरहेको छ । पुर्वको मेचिनगर देखि पश्चिमको दार्चुला अपिहिमाल जस्तो बिकट पालिकामा समेत स्मार्टपालिका प्रोजेक्ट चलिरहेको माण्डव्यले बताए।
तालिममा नगरका वडाध्यक्ष सहित शाखा अधिकृत हरुको सहभागिता थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ