व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन

व्यासका चौधवटै वडा कार्यालयको आफ्नै भवन

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

तनहुँ, २८ कात्तिक

तनहुँको जेठो र ठूलो नगरपालिकाको रुपमा परिचित व्यासनगरपालिका मातहतका चौध वटै वडा भाडामुक्त भएका छन् । व्यासनगरपालिका–१ को वडा कार्यालयको भवन निर्माण गरेर कामकाज हुन थालेपछि सबै वडा कार्यालय भाडामुक्त बनेका हुन् ।

वडा नं ६, १३ र १४ नंको भवन साविकको गाउँ विकास समितिको कार्यालयबाट र अन्य वडाको नयाँ भवन निर्माण गरिएको थियो । व्यास–१ को भवन नगरपालिकाबाट विनियोजित करिब रू ७० लाखको लागतमा निर्माण गरिएको थियो । स्थानीय छविजङग बंशी ठकुरीले करिब रु ४० लाख मूल्य बराबरको आठ आना जग्गा निःशुल्क उपलव्ध गराएपछि भवन निर्माणकार्य अघि बढाइएको थियो ।

नगरपालिकाको सहयोगमा जग्गा नभएका स्थानमा जग्गा खरिद र जग्गा भएका स्थानमा भवन निर्माण गरेर सबै वडालाई भाडामुक्त बनाइएको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी