रौतहट जीप दुर्घटनामा मृत्युभएका चारै जना भारतीय नागरिक(अपडेट)

रौतहट जीप दुर्घटनामा मृत्युभएका चारै जना भारतीय नागरिक(अपडेट)

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

२८ कार्तिक , रौतहट । रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनुवामा जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ। मृतक सबै भारतीय नागरिक भएको खुलेको छ ।
मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

युके १२ सी २९०० नम्बरको कार झुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको थियो । सडक किनारमा रहेको गहिरो पानी जमेको खाडलमा खसेको थियो। पानीमा डुबेको अवस्थामा जीपको सिसा फुटाएर चार जनालाई प्रहरीले निकालेको थियो ।

अस्पताल पुर्‍याउने वित्तिकै उनीहरुलाई मृत घोषणा गरेको हो। उनीहरु भारतको पताही बेतौना गाउँबाट देवाहि गोनाहि नगरपालिकामा रहेका आफन्तको घरमा छठपर्वको प्रसाद पुर्‍याएर फर्किदै गरेको खुलेको छ।

अत्याधिक मदिरा सेवन गरी जीप चलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ