रौतहटको जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना, ४ जनाको मृत्यु

रौतहटको जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना, ४ जनाको मृत्यु

  • आइतवार, कार्तिक २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२८ कार्तिक, काठमाडौं । रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा शनिवार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेले बताए । कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेका हुन् । मृतकको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ