उद्दार उडानबारे प्रकाशित समाचारप्रति नेपाल वायुसेवा निगमको ध्यानाकर्षण

उद्दार उडानबारे प्रकाशित समाचारप्रति नेपाल वायुसेवा निगमको ध्यानाकर्षण

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

नेपाल वायुसेवा निगमले बझाङ्ग, डोटी, अछाम, बाजुरा उद्दार उडानको सम्वन्धमा केही संचार माध्यमहरुबाट प्रकाशित समाचारको सम्वन्धमा ध्यानाकर्षण भएको जनाएको छ । उक्त विषयमा प्रकाशित समाचार सत्यतथ्य नभएको र वास्तविक तथ्याङ्कसँग मेल नखाने पनि उसले जनाएको छ । ।

निगमले भनेको छ, २०७८ सालको वडादशैंको अवधिमा आएको बेमौसमी वर्षात् र बाढी पहिरोले नेपालको पश्चिम पहाडि जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैं मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेको व्यहोरा सबैलाई अवगत छ । यस अवस्थामा बाढी पहिरो प्रभावित क्षेत्रको गम्भिर स्थितिलाई मध्यनजर गरी तत्कालै उद्दारमा खटिन माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको निर्देशन भएकोले अति छोटो अवधिमा निगमको आन्तरिक उडान टोलि उद्दार उडानमा गई धनगढी विमानस्थललाई आधार बनाई बझाङ्ग, डोटी, अछाम, बाजुरा जिल्लामा यथाशक्य धेरै उडान गरी सम्भव भए सम्मको स्रोत साधनबाट सेवा गरिएको विदित्तै छ । उक्त जिल्लाहरुमा हाल निगमको व्यावसायिक उडान नभएकोले स्टेशन, कर्मचारी र कार्यालय सामाग्री समेत नभएको हुँदा नेपालगञ्ज, काठमाडौं र रुकुमबाट कर्मचारी खटाई उडान संचालन गराइएको छ ।
उडान कार्यमा नभई नहुने कर्मचारीहरु ः चालक दल, इन्जिनियर तथा लोड मास्टर भएर उद्दार उडान गरिएको र निगमले राज्यलाई परेको समस्यामा आफ्नो सामाजिक उत्तरदायित्व वहन गरी सेवा दिइरहेकोले यसमा सबै क्षेत्रबाट सघाउन अपिल गर्दै भ्रामक समाचार संप्रेषण नगरिदिनुहुन आग्रह पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ