यू–१९ क्रिकेट छनोट : बैतडीद्वारा दार्चुला पराजित

यू–१९ क्रिकेट छनोट : बैतडीद्वारा दार्चुला पराजित

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बैतडी, २७ कात्तिक ।  वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी सुरुआत गरेको छ । आज सम्पन्न खेलमा बैतडीले दार्चुलालाई ९२ रनले पराजित गरेको छ ।

एक सय ६५ रनको लक्ष्य पछ्याएको दार्चुलाको पारी २४ दशमलव २ ओभरमा मात्र ४८ रनमा समेटियो । दार्चुलाका लागि दिनेश विष्टले सर्वाधिक १४ रन बनाउनुभयो । बलिङतर्फ बैतडीका गजेन्द्र बोहराले ५ विकेट लिनुभयो । यस्तै भूपेन्द्र चन्दले ३, विरेन्द्र नाथ र प्रदीप चन्दले एक÷एक विकेट लिनुभयो । बैतडीले २४ रन अतिरिक्त पाएको थियो ।

त्यसअघि कञ्चनपुरको कभर्डहलमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले ३० दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६४ रन बनाएको थियो । बैतडीका लागि नरेन भट्टले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाउनुभयो । कप्तान खडकबहादुर बोहराले ३८ र गजेन्द्र बोहराले २२ रनको योगदान दिनुभयो । बलिङतर्फ दार्चुलाका विपीन धामी, वीरेन बम र वीरेन्द्र विष्टले तीन तीन विकेट लिनुभयो । बैतडीका गजेन्द्र बोहरा म्यान अफ द म्याच घोषित हुनुभएको स्कोरर खेमराज भट्टले जानकारी दिनुभयो ।

यस्तै कञ्चनपुरको खुलामञ्चमा भएको अर्को खेलमा कञ्चनपुरले बझाङलाई हराएको छ । कञ्चनपुरमा कात्तिक २४ गतेदेखि जारी प्रदेशस्तरीय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली छनोट गरिने आयोजकले जनाएको छ । सो टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा अगामी मङ्सिर ४ गतेदेखि उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ