जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएपछि निषेधाज्ञा जारी

जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएपछि निषेधाज्ञा जारी

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

२७ कार्तिक, जनकपुरधाम । जनकपुरको देवपुरा रुपैठामा धार्मिक सद्भाव भड्किएर स्थानीय र प्रहरीबीच झडप भएको छ। देवपुरास्थित तेलिया पोखरीमा हिन्दुहरुको छठ पर्वमा घाट बनाउने विषयमा तथा मन्दिरको जग्गा अतिक्रमणको विषयमा भएको विवादमा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन्।

छठ पर्वमा धार्मिक सद्भाव बिग्रिने किसिमले भएको दुई पक्षीय विवादको क्रममा शनिबार केही व्यक्तिको समूहले मोटरसाइकल जुलुशसहित प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपको क्रममा स्थानीय र प्रहरीबीच दोहोरो ढुङ्गा हानाहान भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले जानकारी दिए।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार छठका दिन भएको दुई पक्षीय झडपको अवस्थालाई नियन्त्रणमा लिइ शान्ति कायम गर्ने दुवै पक्षबाट सम्झौता भए पनि आज पुनः धार्मिक र्‍याली सहितको नारा जुलुस गएपछि स्थितिलाई नियन्त्रणमा लिन र दोहोरो झडप हुन नदिन प्रहरीले हस्तक्षेप गरेको थियो। हस्तक्षेपको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

यसैबीच, स्थितिलाई नियन्त्रणमा लिन जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ। जनकपुरधाम उप(महानगरपालिका २० देवपुरा रुपैठामा केही व्यक्ति तथा समुदायले सम्रदायिकतामा खलल पुग्ने गरी तथा सद्भाव खलल हुने गरी नारा जुलुस निकालेपछि निषेधाज्ञा जारी गरिएको हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ