समाजवादी प्रेस सङ्गठन: शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित केन्द्रीय समिति घोषणा

समाजवादी प्रेस सङ्गठन: शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित केन्द्रीय समिति घोषणा

  • शनिबार, कार्तिक २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, २७ कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।

सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धिवीर वाहिङ राई, उपत्यका उपाध्यक्षमा शान्तराम बिडारी, प्रदेश उपाध्यक्षमा तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर महासचिवमा भूपराज खड्का, उपमहासचिवद्वय तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवत्रय सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाईं हुनुहन्छ ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चार जगतले मुलुकको राष्ट्रियता तथा जनजीविकाको पक्षमा कलम चलउनुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायलयमा भइरहेको विवादले न्यायिक क्षेत्र कुरुप बन्दै गइरहेकाले प्रधानन्यायाधीशले राजिनामा दिएर निकास दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सङ्गठनका संयोजक शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको पक्षमा आफ्नो सङ्गठनले देशभर गतिविधिलाई सञ्चालन गर्ने जानकारी दिनुभयो । पार्टी प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका उहाँले ओली सरकारको अकर्मण्यताका कारण करीब दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार पतन भएको बताउँदै इमान्दार कार्यकर्ताले कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी