२७ कार्तिक, महोत्तरी । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन् ।
प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी जाने कार्यक्रम पनि स्थगित गरियो । स्वास्थ्यमा समस्या आएपछि अहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा प्रचण्डलाई राखिएको माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाले बताए ।
शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो। प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले जानकारी दिए।
यता अध्यक्ष प्रचण्ड नआउने भएपछि रामगोपालपुर नगरपालिकाले आयोजना गरेको सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ।