माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष स्व. केसीको अर्धकदको शालिक अनावरण

माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष स्व. केसीको अर्धकदको शालिक अनावरण

  • शुक्रबार, कार्तिक २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पोखरा, २६ कार्तिक ।  माछापुच्छ्रे बैंक पोखराका संस्थापक अध्यक्ष स्व सूर्यबहादुर केसीको स्मृतिमा माछापुच्छ्रे बैंकको पोखरा नयाँबजारस्थित कार्यालय परिसरमा अर्धकदको शालिक स्थापना गरिएको छ ।

शालिकको आज केसीकी धर्मपत्नी प्रेमकुमारीले अनावरण गर्नुभयो ।बैंकका संस्थापक स्व.केसीको स्मृती चीर कालसम्म पनि रहिरहोस् भन्ने उदेश्यले बैंकले बैंक परिषरमै उहाँको अर्धकदको सालिक राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले जानकारी दिनुभयो । सालिकमुनि राखिएको शिलापत्रको पनि सोहि समारोहमा अनावरण गरिएको छ ।

काठमांडौँका कलाकार एवं मूर्तिकार विकल प्रजापतिले सो शालिक बनाउनुभएको हो । विगत २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भन्दै केसीले सो बैंक स्थापना गर्नुभएको हो । कार्यक्रममा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापा, बैंकका सञ्चालक हरिभक्त सिग्देल (महेश) र केसीका छोरा प्रकाशले स्वर्गीय केसीको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्व के.सीका जेष्ठ छोरा प्रकाश के.सीले आफ्नो बुबाको सोच र विचारलाई समाजले ग्रहण गरेकोमा आभार व्यक्त गर्दै उहाँको विचारको सधै अनुसरण गर्ने बताउनु भयो ।
शालीक अनावरण समारोहमा माछापुच्छे् बैक का अध्यक्ष डाः विरेन्द्र प्रसाद महत्तो, बैकंका कार्यकारी अधिकृत सन्तोष कोईराला, बैकंका संचालक किरण के.सी, रोशन के.सी, निर्देशक जय मुकुन्द खनाल लगाएतले शालिकमा पुस्प गुच्छा अर्पण गरेका थिए।

माछापुच्छ्रे बैंकको मुख्य सेयरधनी रहेका केसी सो बैंकको २०७०/०७१ सम्म संचालक समितिको अध्यक्ष रहेका थिए । केसीका ३ छोरा रहेका छन । उनका कान्छो छोरा रोशन केसी अहिले बैंकको संचालक रहेका छन । केसी समुहको झण्डै २० प्रतिसत सेयर माछापुच्छ्रे बैंकमा रहेको छ ।

सुगरको समस्याका कारण केसीको गत कार्तिक १७ गते निधन भएको थियो । पोखराको चर्चित ब्राण्ड रारा चाउचाउको उत्पादन गरेर दक्षिण एसियामै नमा राख्न सफल व्यावसायी केसी पछिल्लो समय राप्रपा छाडेर काङ्ग्रेस प्रवेस गरेका थिए । उनि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदसमेत हुन ।

राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट सांसद भएका थिए । केसीको नेतृत्वमा हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू सिक्लेस० हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक लगायत उद्योग खुलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ