माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभा शुक्रवार पोखरामा हुँदै, १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुने

माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभा शुक्रवार पोखरामा हुँदै, १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुने

  • शुक्रबार, कार्तिक २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २६ कार्तिक ।
माछापुच्छ्रे बैंकको २३ औं वार्षिक साधारण सभा मंगलवार हुँदैछ । कास्कीको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु हुने साधारणसभाले शेयरधनीलाई चुक्तापूँजीको १३. ३० प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्दै छ ।

बैंकको सन्चालक समितिको असोज २० गते बसेको बैठकले सेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस सेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले सेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।

साथै सभाले यस माछापुच्छ्रे  बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न तथा बैदेशिक रणनितीक साझेदारीका लागि आवश्यक देखिएमा आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक ७ गते सेयर दाखिल खारेज बन्द (बुक क्लोज) गरेको थियो । जसकारण कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।

बैंकले कोरोना संक्रमण अन्त्य नभएकाले साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत पनि सेयरधनीले छलफलका लागि सहभागि गराउन जुम आईडी र पासवर्ड उपलब्ध गराएको छ ।

यस्तै बैंकको साधारणसभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई दिएको तलब सुविधाभन्दा यसपाली कम छ। बैंकका सिइओ सन्तोष कोइरालालाई वार्षिक एक करोड २८ लाख ६१ हजार रुपैयाँ तलब सुविधा उपलब्ध गराएको छ। यो रकममा नाफाबाट पाइने बोनस जोडिएको छैन।

अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २३ लाख ११ हजार रुपैयाँ तलब सुविधा भुक्तानी गरेको थियो। त्यो वर्ष लामो समय प्रमुख कार्यकारी सुमन शर्मा थिए। त्यही वर्ष कोइराला प्रमुख कार्यकारी अधिकृत बने पनि महिनाका हिसाबले उनको अवधि कम थियो। कोइरालाले त्यो वर्षको अन्तिम तीन महिना मात्र प्रमुख कार्यकारीका रुपमा तलब बुझेका थिए।

त्यस्तै बैंकले नायब महाप्रबन्धक र प्रबन्धकहरुको तलबमा १३ करोड ४३ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। बैंकले कर्मचारीलाई उपलब्ध गराउने दुर्घटना तथा औषधोपचार खर्चको बीमा प्रिमियम आफैंले ब्यहोर्दै आएको छ। यो रकममा प्रिमियम शुल्क जोडिएको छैन।

सभाले बैंकको अधिकृत पुँजी १५ अर्ब पुर्‍याउँदै सञ्चालक समिति अध्यक्षको बैठक भत्ता २० हजार र सदस्यहरुको १७ हजार रुपैयाँ पुर्‍याउने एजेण्डा पारित गर्ने छ। उनीहरुलाई मोबाइल, पत्रपत्रिका र इन्टरनेट खर्च भनेर मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने एजेण्डा पनि साधारणसभामा लगिँदैछ। साथै एक लाख २५ हजारको औषधि उपचार बीमा पनि सुविधा उपलब्ध गराउने एजेण्डा पनि साधारणसभामा लगिँदैछ।

बैंकमा कुल कर्मचारी १५ सय १० जना छन्। कर्मचारीलाई नाफाबाट बोनससमेत गरेर एक अर्ब ७६ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ। कार्यालय सञ्चालनका लागि एक अर्ब ८ करोड नौ लाखसहित व्यवस्थापन खर्च २ अर्ब ८५ करोड ४ लाख रुपैयाँ पुगेको छ।

माछापुच्छे बैंकले सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। साथै, बैंकको देशभर २०३ वटा एटिएमहरु सञ्चालनमा रहेको छन्।गत आर्थिक बर्षमा बैंकले विगत २१ वर्षदेखि प्रयोग गर्दै आएको टेमेनस बैंकिङ्ग सफ्टवेयरलाई प्रतिस्थापन गरी फिनाकल बैंकिङ्ग सिस्टमको अत्याधुनिक भर्सनमा अपग्रेट गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ