सांसद् यादवद्वारा इनर्वामा आयोजित दुई दिने कुस्ती प्रतियोगिताको उद्घाटन

सांसद् यादवद्वारा इनर्वामा आयोजित दुई दिने कुस्ती प्रतियोगिताको उद्घाटन

  • बिहिबार, कार्तिक २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

वीरगञ्ज २५ कार्तिक । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनार्वाद्वारा आयोजित विराट(दंगल) कुस्ती प्रतियोगिताको पर्सा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद् प्रदीप यादवले उद्घाटन गरेका छन् ।

छठ पूजाको अन्तिम दिन अर्थात पर्नाको अवसरमा प्रत्येक वर्ष आयोजना हुने दुई दिने कुस्ती प्रतियोगिता संसद् यादवले उद्घाटन गरेका हुन् ।

हजारौं दर्शकको उपस्थितिमा हुने प्रतियोगिताको उद्घाटन गर्दै सांसद् यादवले कुस्ती जोश र उमंगको खेल भएको बताए । नेपाल र भारत दुवै देशका प्रतिष्पर्धी (पहलवान) हरु सहभागी हुनलागेको प्रतियोगिताले दुई देश बीचमा रहेको पौराणिक र सांस्कृतीक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने धारणा व्यक्त गरे ।

यस्ता प्रतियोगिता र प्रयासहरुले नेपाल भारत विचको सम्बन्धलाई थप अटुट बनाउन सहयोग गर्ने बताउँदै सांसद् यादवले यसलाई खलबलाउन असम्भव भएको जिकिर गरे । ‘दुवै देशको सम्बन्ध राजनीतिक र कुटनीतिक नभएर सांस्कृतीक, पार्पम्परिक र पारिवारिक हो,’ उनले भने, ‘यसलाई तोड्न र यसलाई कम्जोर बनाउन हरेक प्रयास असफल हुन्छ । यस्ता प्रतियोगिता यसको उदाहरण हुन् ।’

सांसद् यादवले प्रतियोगितामा सहभागी पहलवानहरुलाई कुस्ती खेलको सम्मान गर्दै इमान्दारिताका साथ् दर्शकको भावनालाई बुझेर सही र पारदर्शी ढंगले लडाई लड्न सुझाव समेत दिएका थिए । उनले उपस्थिति सबैमा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब सय जोडी कुस्तीको खेल हुने आयोजकले जनाएका छन् । आयोजकका अनुसार आज पहिलो दिन नेपाल–भारतका प्रसिद्ध कुस्तीवाजहरुको लडाइ हुने कार्यक्रम रहेको छ । प्रतियोगितामा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पंजाव, हरियाणा, दिल्ली, बिहारलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरुले सहभागिता जनाएका छन् ।

मदन यादवको अध्यक्षतामा आयोजित प्रतियोगितामा विशिष्ठ अतिथिका रुपमा प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारी, लोसपाका नेता राजेश मान सिंह, जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज नगर अध्यक्ष ईश्वर चन्द यादव, वीरगञ्ज माहानगरका कार्यपालिका सदस्य अजय सर्राफ, जसपा जिल्ला सदस्य लालदेव यादव, दंगलका प्रमुख सल्लहाकार पलकधारी यादव, प्रमोद प्रसाद यादवलगायत नेता एवं समाजसेवीहरूको विशेष उपस्थती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ