ऊर्जामन्त्री भुसालद्वारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग

ऊर्जामन्त्री भुसालद्वारा आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग

  • बुधबार, कार्तिक २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, २४ कात्तिक ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ । पशुपतिस्थित क्रियापुत्री भवन पुगेर आज मन्त्री भुसालले नेपाल सरकारका तर्फबाट आगलागीबाट मृत्यु भएका परिवारका सदस्य अनार ताम्राकारलाई सहायतास्वरुप रु सात लाख ४५ हजार प्रदान गर्नुभएको हो ।

ललितपुरको पाटनस्थित चक्रबहिलको एक घरमा गत शुक्रबार साँझ घरको तेस्रो तल्लामा श्री ग्यासको सिलिन्डर पड्किएर आगलागी हुँदा निरोजका ७१ वर्षीय बुबा लक्ष्मीकृष्ण ताम्राकार, ४० वर्षीया बहिनी अञ्जना ताम्रकार, ३४ वर्षीया श्रीमती रञ्जना ताम्रकार र ११ वर्षीय छोरा निर्जल ताम्राकारको घटनास्थलमै मृत्यु भएको थियो भने बहिनी सिर्जना ताम्राकारको दुवै खुट्टा र ढाँड भाँच्चिएको थियो । घरको तेस्रो र चोथो तल्ला पूर्णरुपमा क्षति भएको थियो । सो अवसरमा मन्त्री भुसालले मृतक परिवारका बालबालिकालाई पढाउन छात्रवृत्ति दिलाउन महानगरपालिकासमक्ष सिफारिस गर्ने पनि बताउनुभयो । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

सोही अवसरमा दक्षिणकाली गण सातदोबाटोको सशस्त्र बलको तर्फबाट ३० हजार ५०० सहित चामल छ बोरा, कम्मल तीन थान, स्लिपिङ्ग ब्याग दुई वटा र ब्लाङ्केट पाँच वटा बलका प्रमुख एवं प्रहरी उपरीक्षक किरण ढुङ्गानाले हस्तान्तरण गर्नुभयो । पीडितलाई क्षतिपूर्ति दिलाउन स्थानीयस्तरमा ग्यास विस्फोट पीडित समिति गठन गरिएको छ । समितिले मनकारी व्यक्ति, सङ्घसंस्थालाई यथा सहयोगको लागि सार्वजनिकरुपमा आह्वान गर्दै आएको छ । त्यसैगरी ताम्राकार समाजले रु एक लाख राखेर राहतकोष खडा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ