कामना सेवा विकास बैंकको १५औं साधारणसभा सम्पन्न, १८.५० प्रतिशत शेयर बोनस वितरण गर्ने प्रस्ताव पारित

कामना सेवा विकास बैंकको १५औं साधारणसभा सम्पन्न, १८.५० प्रतिशत शेयर बोनस वितरण गर्ने प्रस्ताव पारित

  • मङ्लबार, कार्तिक २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, २३ कार्तिक । कामना सेवा विकास बैंकको १५ औ साधारणसभा सम्पन्न भएको छ । पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा मंगलवार सम्पन्न सधारणसभाले शेयरधनिलाई हाल कायम चुक्ता पूजीको १८.५० प्रतिशत शेयर बोनस दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

यससँगै सेयरधनीले आर्थिक वर्ष  ०७७/७८को नाफाबाट १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ६ सय ३१ रुपैया ५९ पैसा को १८.५० प्रतिशतका दरले हुने रकम रु। ४९ करोड ६ लाख १३ हजार २९० रुपैया ३४ पैसा बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.९७ प्रतिशत अर्थात रु २ करोड ५७ लाख २४ हजार ४८ रुपैया बीस पैसा बराबरको लाभांश कर प्रयोजनार्थ लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको चुक्ता पूजी र अधिकतम पूजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने /गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

त्यस्तै बैंकले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक पी.के.एफ टि आर उपाध्याय एण्ड कम्पनी लाई नियुक्ति गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७/०७८ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैंकिङ क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८/०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

सो क्रममा उनले कोभिडको प्रभाव कमहुँदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकिङ कारोबारको संख्यामा भएको उल्लेख्य वृद्धि , कर्जा तथा निक्षेपमा भएको वृद्धि आदिको कारण समीक्ष वर्षमा राम्रो प्रतिफल प्रदान गर्न सफल भएको र आगामी दिनमा अझै राम्रो प्रतिफल प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिदै चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन कार्यक्रम समेत रहेको यस साधारणसभाबाट संस्थापक समूहबाट सुदिप आचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूह तर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएका घोषणा निर्वाचन अधिकृत यादव प्रसाद ढङ्गानाले गरेका थिए । सञ्चालक समितिको बैठकले सुदिप आचार्यलाई नैअध्यक्षमा चयन गरेको छ ।

कोभिड-१९ को प्रभाव कायमै रहेको हुंदा साधारण सभामा भौतिक रुपमा उपस्थित हुन नसकेका शेयरधनीका लागि जुम मार्फत प्रतिवेदनमाथि धारणा राख्ने व्यावस्था मिलाईएको थियो ।साधारणसभामा अमृतनाथ रेग्मी, शत्रुधन श्रेष्ठ, नारायणसुन्दर श्रेष्ठ, शिव प्रसाद पौड्याल, कृष्ण प्रसाद शर्मा अधिकारी, डम्बरु बल्लव घिमिरे, उत्सव सुन्दर श्रेष्ठ, लवराज जोशी , उद्धवप्रसाद रेग्मी, चन्द्रनारायण श्रेष्ठ लगायतले बैंकको बार्षिक प्रतिवेदनमाथि टिप्पडि गर्नुका साथै सुझाव समेत राखेका थिए ।

२०७७/०७८ मा ५ वटा शाखाहरु काठमाडौं उपत्यकामा विस्तार गरेको बैंकका १२९ वटा शाखाहरु, १ वटा एक्सटेन्सन काउन्टर र ७३ वटा एटिएम सन्चालनमा छन् । समिक्षा अवधिमा विकास बैंकहरुको कुल निक्षेप बृद्धिमा कामना सेवा बैंकले १० प्रतिशत हिस्सा ओगटेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ