नेप्से परिसूचक ७९ अंकले घट्यो

नेप्से परिसूचक ७९ अंकले घट्यो

  • मङ्लबार, कार्तिक २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

२३ कार्तिक, काठमाडौं  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आज ठूला कम्पनीको कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि दोहोरो अंकले घट्यो ।सेन्सेटिभ इण्डेक्स १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७९.७९ अङ्कले घटेर दुई हजार ७४९.८५ मा ओर्लेको छ । दीपावलीको बिदापछि खुलेको बजार लगातार ओरालो लागेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.०२ मा ओर्लेको छ । नेप्से परिसूचक उच्च अङ्कले घटेपनि कारोबार रकम औसतमा रहेको छ । कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर रु छ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयरमा पहिरो गएको छ । नेप्सेका अनुसार बैंकिङ ३५.९४, व्यापार ६४.६६, होटल तथा पर्यटन ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत् १०१.८४, वित्त १४४.६७, निर्जीवन बीमा ४६४.४९, उतपादन १८६.६, अन्य ८०.७५, लघुवित्त १५७.३१, जीवन बीमा ३७९.८३, सामूहिक लगानी कोष ०.३४ र लगानी २.५४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २९ करोड ८२ लाख ८१ हजार ७५२ कारोबार भयो । साहस ऊर्जा रु २५ करोड ७९ लाख ५४ हजार ४१७, अपि पावर कम्पनी रु २२ करोड ३६ लाख ६४ हजार, नेशनल हाइड्रोपावर रु २० करोड ९४ लाख ८७ हजार ४३१ र प्राइम बैंक रु २० करोड ८९ लाख ६६ हजार ७३७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनिलिभर नेपाल १.७३ र प्राइम बैंकका लगानीकर्ताले १.५७ प्रतिशतले कमाए ।

यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । मिथिला लघुवित्त ७.४२, गुडविल फाइनान्स ६.८५ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.८३ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ