प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको बार अध्यक्ष श्रेष्ठको आरोप

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको बार अध्यक्ष श्रेष्ठको आरोप

  • मङ्लबार, कार्तिक २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

कार्तिक २३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बिचौलियाका नाइके भएको आरोप लगाएका छन ।

अहिलेको अवस्थामा प्रधान्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका हुन् ।  उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।

‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए । उनले प्रधानन्यायाधीशको अभिव्यक्तिले न्यायालयको चीरहरण भएको बताए । ‘अब १९ जनाले न्यायाधीशले इन्क्वाइरी कमिटी बनाउनुहोस्,’ उनले भने ।अहिले न्यायाधीशहरू पनि आन्दोलनरत भएकाले के आधारमा आन्दोलनमा लागेको हो त्यसका सबै कारणहरू अब सार्वजनिक गर्नुपर्ने उनले बताए । न्यायालयमा यस्तो हुँदा पनि सत्तागठबन्धन मौन बसेकोमा अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ