बसको ठक्करबाट घाईते भएका दुवै जानको मृत्यु

बसको ठक्करबाट घाईते भएका दुवै जानको मृत्यु

  • सोमवार, कार्तिक २२, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

सुनसरी,  कार्तिक २२ । सुनसरी कोशी गाऊपालिका ८ भण्टाबारी चोक स्थित पुर्व-पश्चिम राजमार्गमा हिजो बिहान १० बजे बसको ठक्करबाट घाईते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका ३० बर्षीय अल्ताप मिया र पछाडी सवार ३० बर्षीय गियासुदिन मिया रहेका छन् ।

उनिहरुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु भएको थियो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र१-०१-००१ ख ३५३० नम्बरको बसले बिपरित दिसा तर्फबाट आउदै गरेको  प्र.२-०१-००१प ०७६३ मोटरसाईकललाई ठक्कर दिई दुर्घटना भएको थियो ।

बस र बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ बर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ