टी–२० विश्वकपमा न्यूजिल्यान्डसँग अफगानिस्तान पराजित, भारत समूहचरणबाटै बाहिरियो

टी–२० विश्वकपमा न्यूजिल्यान्डसँग अफगानिस्तान पराजित, भारत समूहचरणबाटै बाहिरियो

  • आइतवार, कार्तिक २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

न्यूजिल्यान्डको जितसँगै संयुक्त अरब एमिरेट्स ९यूएई० मा जारी टी–२० विश्वकप क्रिकेटबाट भारत बाहिरिएको छ। अफगानिस्तान र न्यूजिल्यान्डबीचको खेलमा भर परेको भारत न्यूजिल्यान्डको जितसँगै समूहचरणबाटै बाहिरिएको हो।

आइतबार भएको खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो। यदि अफगानिस्तानले न्यूजिल्यान्डलाई हराएको र भारतले सोमबार नामिबियालाई फराकिलो अन्तरले पराजित गरेको खण्डमा भारत सेमिफाइनल पुग्ने थियो। तर अफगानिस्तान पराजित भयो ।

यूएईको जायद क्रिकेट रंगशालामा भएको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ राजेको थियो। उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रनको योगफल तयार पारेको थियो। जवाफमा न्यूजिल्यान्डले १८।१ ओभरमै २ विकेट गुमाउँदै १२५ रनको लक्ष्य पूरा गर्‍यो।

न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ४० र डेभोन कोन्वेले ३६ रन बनाए। त्यस्तै मार्टिन गुप्टिलले २८ तथा डायरिल मिचेलले १७ रनको योगदान गरे।

अफगानिस्तानका मुजिब उर रहमान र रशिद खानले १र१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको अफगानिस्तानले खराब सुरुवात गरेको थियो। उसका लागि नजिबुल्लाह जड्रानले मध्य क्रममा आउँदै टोलीको स्कोर सम्मानजनक स्थितिमा पुर्‍याए। उनले सर्वाधिक ७३ रन जोडे। विष्फोटक ब्याटिङ गरेका उनले ४८ बलको सामना गर्दै ३ छक्कार ६ चौका हिर्काए। त्यस्तै गुल्बादिन नइबले १५ तथा कप्तान मोहम्मद नाबीले १४ रन बनाउनबाहेक अन्य ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्डले ३ र टिम सोथीले २ विकेट हात पारे। त्यस्तै जेम्स निशमले १ विकेट लिए।

न्यूजिल्यान्ड सेमिफाइनलमा पुगेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छ। सुपर १२ को दोस्रो समूहमा रहेका न्यूजिल्यान्ड र पाकिस्तान तथा पहिलो समूहमा रहेका इङ्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनल प्रवेश गरेका छन्।

सेमिफाइनलको खेलमा बुधबार र बिहीबार हुनेछन्। त्यस्तै फाइनल आगामी आइतबार हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ