सिटिजन्स बैंक इन्टरनेसनलको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

सिटिजन्स बैंक इन्टरनेसनलको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

  • मङ्लबार, कार्तिक १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, १६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न साधारणसभाले १६ प्रतिशत लाभांश दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

साधारणसभाले आव २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको वासलात, आव २०७७/७८ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत भएको बैंकले जनाएको छ।

साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश ९१२/९१३ प्रतिशतका दरले हुन आउने रु १,६२४,०५०,८९१.१० बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ बराबरको नगद लाभांश(लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ।

साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ। सभाका अध्यक्ष भण्डारीले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

बोनस शेयर वितरणपछि बैंकको चुँक्ता पुजी १४ अर्ब २० करोड पुगेको छ। बैंकले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकसम्ममा करिब एक खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकले एक खर्ब ३३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ ।

बैंकले सोही अवधिभित्र ६९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले देशैभरि फैलिएका १७४ वटा शाखा, १२३ वटा एटीएम र ११२ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा भएको साधारणसभा कोभिड–१९ का कारण पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपाय अवलम्बन गरी विद्युतीय माध्यम र भौतिक रुपमा एकसाथ वार्षिक सञ्चालन गरिएको थियो।

साधारणसभामा शेयरधनीहरु अमृत रेग्मी, मेजर कुवेर श्रेष्ठ, उदयकान्त झा, वरिष्ठ अधिवक्ता अशोक उप्रेती, शिवप्रसाद पौडेल, डम्बरुवल्लभ निरौला, लभराज जोशी लगायतले वार्षिक प्रतिवेदनमाथि धारणा राख्दै सुझाव दिएका थिए ।

शेयरधनीहरुले वार्षिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिदै अध्यक्ष भण्डारीले प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास व्यक्त गरे । साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुको सहयोग सधै पाईरहने अपेक्षा रहेको समेत बताएका थिए ।

कोरोना भाइरसको महामारीले लामो समय असर गरेका कारण बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यसले बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ