सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ७२ दशमलव ७१ प्रतिशतले बढ्यो

  • मङ्लबार, कार्तिक १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, १६ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकले तीन महिनामा पाँच करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७२ दशमलव ७१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले तीन करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव ०२ प्रतिशत र सञ्चालन नाफा १४२ दशमलव ६३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४५ दशमलव ५० प्रतिशत र कर्जा लगानी ५६ दशमलव ५० प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको वितरण योग्य नाफा भने एक करोड २० लाख रुपैयाँ ऋणात्मक छ ।

यस अवधिमा बैंकको खराब कर्जा भने एक दशमलव ६४ प्रतिशतमा झरेको छ । त्यस्तै, सांग्रिलाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ