नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४८ प्रतिशतले घढ्यो

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौं, १५ कात्तिक। नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४८ प्रतिशतले बढाउन सफल भएको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा ९२ करोड ३७ लाख रुपैयाँ कमाएको उल्लेख छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोड रुपैयाँमा सीमित छ। बैंकको असोज मसान्तसम्ममा अघिल्लो वर्ष नाफा एक अर्ब ६३ करोड थियो । ब्याज आम्दानी घटे पनि अरु सूचकमा भएको सुधारले बैंकले नाफा कमाउन सकेको देखिन्छ ।

बैंकले यो अवधिमा दुई प्रतिशतले ऋण वृद्धि गरेको छ। बैंकले पहिलो त्रैमासमा एक खर्ब ६० अर्ब कर्जा लगानी गरेको छ । स्प्रेड दर चार दशमलव १४ बाट दुई दशमलव ५९ प्रतिशतमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी