ग्लोबल आईएमई बैंकको खुद नाफामा पाँच दशमलव ०४ प्रतिशतको वृद्धि

ग्लोबल आईएमई बैंकको खुद नाफामा पाँच दशमलव ०४ प्रतिशतको वृद्धि

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, १५ कात्तिक।  चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको नाफामा सामान्य वृद्धि भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले खुद नाफा पाँच दशमलव ०४ प्रतिशतले बढेर एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यसले एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने नौ दशमलव ८२ प्रतिशतले घटेर दुई अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले दुई अर्ब ५९ करोड ३६ लाख नाै हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, तीन महिनामा बैंकको सञ्चालन नाफा पाँच दशमलव ४५ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्मको अवधिमा बैंकको वितरण योग्य नाफामा भने आकर्षक वृद्धि भएको छ । गत आर्थिक वर्ष २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा यो वर्ष तीन अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ