लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत

लक्ष्मी बैंकको खुद नाफा ७६ दशमलव ९९ प्रतिशत

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १५ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो ।

यस्तै, हालसम्म वितरणयोग्य नाफा दुई अर्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी १६ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफामा ७२ दशमलव ५९ प्रतिशतकोसुधार आएपछि खुद नाफामा वृद्धि भएको हो ।

बैंकको निक्षेप संकलन १६ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ३१ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको भन्दा सात रुपैयाँ ९५ पैसाले बढेर प्रतिसेयर आम्दानी अहिले २० रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ