मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो

मेगा बैंकको नाफा ५० दशमलव ४७ प्रतिशतले बढ्यो

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, १५ कात्तिक। मेगा बैंक नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा ६० करोड ७९ लाख ३ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले एक अर्ब ३३ करोड १४ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा ४७ दशमलव ९६ प्रतिशतले बढेर एक अर्ब ३० करोड ७१ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ४९ करोड ८३ लाख ७४ हजार रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०३ पैसाले बढेर २४ रुपैयाँ २४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी