वडा कार्यालयमै ताला लगाएर सचिव पार्टीकाे अधिवेशनमा

वडा कार्यालयमै ताला लगाएर सचिव पार्टीकाे अधिवेशनमा

  • सोमवार, कार्तिक १५, २०७८
  • आशिष माल

  • 7.8K
    SHARES

बैतडी, १५ कात्तिक। बैतडीको डिलाशैनी गाउँपालिका-७ को कार्यालयमा कार्यरत दुईजना कर्मचारी कार्यालय बन्द गरेर नेकपा एमालेको गाउँपालिका अधिवेशनमा प्रतिनिधि भएर सहभागी भएकाे पाएइको छ ।
जिल्ला सदरमुकामवाट उत्तरपुरवी डिलाशैनी गाउँपालिका वडा नम्बर सामाजिक परिचालक एवम कार्यालकाे सचिवकाे जिम्मेवारी पाएका देबेन्द्र सिह धामी नेकपाको एमालेको अधिवेशनमा गएपछि आजदिभरि सेवा ठप्प भएकाे हाे । विगत केही दिन यता वडा सचीव राजेन्द्र बहादुर एरि बिदामा घर बस्दा वडा कार्यालयमै समाजिक परिचालक रहेका उनले सचिवकाे जम्मेवारी पाएका थिए सचिवकाे जिम्मेवारी पाएका धामी कार्यालयकाे काम छाेडेर दिनभरि एमाले गाउँ कमिटीकाे अधिवेशनमा हुदा सेवाग्राहि प्रभावित भएकाहुन ।

बिहानैबाट वडा कार्यालयमा नागरिकताको सिफारिस बनाउन गएका सेवाग्राहीहरु मारमा परेका छन । विहानै १० वजे वडा कार्यालयमा सिफारिसका लागि गएका स्थानिय दिलेन्द्र धामी प्रकाश जोशी मनोज धामी प्रजापति लुहार धर्मेन्द्र लुहार ले दिउसाे ४ वजेसम्म कार्यालयकाे ताला नखुलेपछि स्थानियले समाजिक परिचालक देबेन्द्र धामि लाई एमाले अधिवेशमा भेटेका हुन।

दिनभरि नागरिकता को सिफारिस र अपांगता को सिफारिसका लागि वडामा गएकाहरू कार्यालय समय सकिएपछि घर फर्केका छन। स्थानियले कानुन विपरीत तरिकाले सरकारी कार्यालयका कर्मचारीहरु बिना सूचना पार्टीको कार्यक्रममा गएको हुँदा यस्ता क्रियाकलापलाई खेद व्यक्त गरिएको छ ।


नेकपा माओवादी केन्द्र रघुवीर धामी, नेपाली काँग्रेस गणेश बहादुर धामी, एकीकृत समाजवादी र वाइसीएल डिलाशैनी गाउँपालिका अध्यक्ष जनक सिंह धामीले संयुक्त विज्ञप्ति जारी गर्दै जनतालाई दु:ख दिएर वडा कार्यालयमा ताला लगाएर पार्टीको कार्यक्रममा जाने कर्मचारीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ