यी हुन् उपमेयर कप महिला लिगको दोस्रो चरणमा प्रवेश गरेका १० टोली

यी हुन् उपमेयर कप महिला लिगको दोस्रो चरणमा प्रवेश गरेका १० टोली

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाडौं, १५ कात्तिक।  उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणको समीकरण पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजा गरेको राष्ट्रिय लिग छनोट अन्तर्गत उपमेयर कपको १० समूहबाट १० टोली दोस्रो चरण तथा नकआउटमा प्रवेश पाएका छन् ।

यसअघि सहभागी ३१ क्लबलाई १० समूह विभाजन गरि लिग खेलाइएको थियो । प्रत्येक समूहबाट एक टोली दोस्रो चरणमा स्थान बनाएका छन् । सोमबारको खेलसँगै लिग खेलसमाप्त भएका छन् । अब, नकआउट चरणका खेल २२ कात्तिकबाट आयोजना हुनेछ ।

समूह ‘ए’ बाट समान ७ अंक भएपनि गोल अन्तरका आधारमा बाग्मती नगरपालिकालाई पछि पार्दै कनकाई नगरपालिका दोस्रो चरणमा स्थान बनाएको छ । कनकाईले ३२ गोल गर्दा बागमतीले १७ गोल गरेको थियो । दुबै टोलीले एक अर्काविरुद्ध एक एक गोल गरेका थिए । यस समूहमा तीन खेल खेलेको गोदावरी नगरपालिकाले तीन अंक बनाउँदा तेस्रो स्थानमा रह्यो भने तीन खेलमा ३३ गोल व्यहोरेको महालक्ष्मी नगरपालिका पुछारमा रहेर प्रतियोगिता टुंगायो ।

समूह ‘बी’ बाट ललितपुर महानगरपालिका दोस्रो चरणमा प्रवेश गर्‍याे । उसको चार अंक रह्यो । यता, तीन अंक बनाएको कागेश्वरी नगरपालिका दोस्रो रह्यो भने कालिका नगरपालिका एक अंकका साथ पुछारमा रह्यो । समूह ‘बी’ मा बलियो देखिएको कालिकाले नियमविपरीत पाँच विभागीय खेलाडी अनुबन्धन गरेपछि क्लबलाई ‘प्रोटेस्ट’ परेको थियो । अघिल्लो खेलमा कागेश्वरीलाई १०-० ले पराजित गरेको कालिकाले नियमअनुसार सो नतिजा कागेश्वरलाई ३-० ले बुझाएको थियो ।

समूह ‘सी’बाट बाँसगढी नगरपालिका छ अंकसहित अर्काे चरणमा प्रवेश पायो । तीन अंक जोडेकाे भक्तपुर नगरपालिका र बिना अंक २६ गोल व्यहोरेको पुतलीबजार स्वतः दोस्रो चरण बाहिर रहे । समूह ‘डी’ बाट छ अंक बनाएको शिवशक्ति नगरपालिका दोस्रो चरणमा स्थान बनाउँदा एक जित हात पारेको देभचुली नगरपालिका र जितविहीन रहेको जानकी नगरपालिका बाहिरिए ।

समूह ‘ई’बाट रोङ गाउँपालिको दोस्रो स्थानमा प्रवेश गरेको छ । समान चार अंक भए पनि यस समूहबाट काठमाडौं महानगरपालिका गोल अन्तरका आधार र बिना कुनै अंक २० गोल व्यहोरेको सिमकोट गाउँपालिका बाहिरिए ।

समूह ‘एफ’ बाट छ अंकका साथ तुल्सीपुर अर्काे चरणमा स्थान बनाउँदा तीन अंक जोडेको गैँडाकोट नगरपालिका र बिना कुनै अंक हेटौँडा नगरपालिका बाहिर रहे ।

समूह ‘जी’ बाट सात अंक बनाएको कैलालीको गोदावरी नगरपालिका छ अंक जोड्दै नकआउट चरणमा स्थान बनाउँदा वीरेन्द्रनगर नगरपालिका र पोखरा उपमहानगरपालिका अर्काे चरणमा स्थान बनाउन असफल रहे ।

समूह ‘एच’बाट समान चार अंक भए पनि गोकर्णेश्वर नगरपालिकालाई एक गोल अन्तरले पछि पार्दै धनगढी नगरपालिका दोस्रो चरणमा स्थान बनायो । यस समूहमा धनकुटा नगरपालिकाले नाै गोल व्यहोर्दा कुनै अंक बनाउन सकेन ।

समूह ‘आई’बाट समान चार अंक भए पनि एक गोलले बेदकोट नगरपालिकालाई पछि पार्दै गौरीगंगा नगरपालिका दोस्रो चरणमा प्रवेश गर्‍याे । बराहक्षेत्र नगरपालिकाले भने यस समूहबाट कुनै अंक जोड्न सकेन ।

समूह जे बाट सुनकोशी गाउँपालिका शत प्रतिशत जितका साथ नकआउट चरणमा स्थान बनायो । यस समूहबाट गत सिजन महिला लिग खेलेको चौदण्डीगढी नगरपालिका र धरान उपमहानगरपालिका बाहिरिए ।

दोस्रो चरण अर्थात नकआउट चरणका खेलहरू २२ कात्तिकबाट सुरू हुनेछन् । प्रतियोगिताको सहभागी क्लबहरूले विभागका चार खेलाडी अनुबन्धन गर्ने पाएका थिए ।यस प्रतियोगिताको फाइनलमा पुग्ने टोली टोली चैतमा आयोजना हुने महिला लिगमा छनोट हुनेछन् । मेयर कपको विजेताले पाँच लाख पाउँदा उपविजेताले तीन लाख पाउनेछ ।

नक आउटमा छनोट भएका टोलीहरु

समूह ए बाट कनकाई नगरपालिका

समूह बी बाट ललितपुर उपमहानगरपालिका

समूह सी बाट बांसगढी नगरपालिका

समूह डी बाट शिबशक्ति नगरपालिका

समूह ई बाट रोङ गाउ पालिका

समूह एफ बाट तुल्सीपुर नगरपालिका

समूह जी बाट कैलालीको गोदावरी नगरपालिका

समूह एच बाट धनगढी नगरपालिका

समूह आई बाट गौरिनगर नगरपालिका

समूह जे बाट सुनकोशी गाउँपालिका

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी