एनआईसी एसियाको नाफामा १५ दशमलव ६४ प्रतिशतको वृद्धि

एनआईसी एसियाको नाफामा १५ दशमलव ६४ प्रतिशतको वृद्धि

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १५ कात्तिक। एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १८ करोड छ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ६४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब दुई करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य नाफामा पनि आकर्षक सुधार भएको छ । खुद ब्याज आम्दानी ४० दशमलव ४२ प्रतिशत र सञ्चालन नाफा १४ दशमलव ९३ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा ३८१ दशमलव १४ प्रतिशतले बढेर २२ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन २० दशमलव २९ प्रतिशत र कर्जा लगानी ३९ दशमलव २६ प्रतिशतले बढेको छ । बैंकको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी भने दुई रुपैयाँ ४९ पैसा घटेर ३९ रुपैयाँ ६५ मा आएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी