प्रभु बैंकको नाफामा गिरावट, वितरणयोग्य नाफा भने ७३ दशमलव ३४ प्रतिशतले बढ्यो

प्रभु बैंकको नाफामा गिरावट, वितरणयोग्य नाफा भने ७३ दशमलव ३४ प्रतिशतले बढ्यो

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, १५ कात्तिक। प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा २५ दशमलव १४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफा घटे पनि वितरणयोग्य नाफामा भने राम्रो सुधार भएको छ । वितरणयोग्य नाफा ७३ दशमलव ३४ प्रतिशतले बढेर असोज मसान्तसम्म ३० करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ दशमलव ०३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९ दशमलव ४९ प्रतिशतले घटेको छ । बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा २० दशमलव २९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, बैंकको निक्षेप शून्य दशमलव ३८ प्रतिशत बढेको छ भने कर्जा दुई दशमलव ४४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३० करोड ४४ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष नौ दशमलव २६ प्रतिशतले बढेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७ दशमलव ८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ