नेपाल बैंकको नाफा ३७ दशमलव १४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंकको नाफा ३७ दशमलव १४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, १५ कात्तिक ।  नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ दशमलव १४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड चार लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

नेपाल बैंकको खुद ब्याज आम्दानी ११ दशमलव ९८ प्रतिशत र सञ्चालन नाफा २१ दशमलव ९७ प्रतिशतले बढेपछि खुद नाफामा पनि सुधार आएको हो । बैंकको कमिशन आम्दानी ४९ दशमलव ९१ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १४ करोड ६८ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष चार दशमलव ६६ प्रतिशत बढेको छ । बैंकको निक्षेप छ दशमलव ३२ प्रतिशत बढेको छ भने कर्जा नौ दशमलव ३९ प्रतिशत बढेको छ ।

त्यसैगरी, नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट चार रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव २६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ