एभरेष्ट बैंकको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

एभरेष्ट बैंकको नाफामा ७२ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ, १५ कात्तिक। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव ९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी छ दशमलव ७० प्रतिशतले बढेको छ ।

त्यस्तै, बै‌ककाे सञ्चालन मुनाफा ७२ दशमलव ९९ प्रतिशतले बढेको छ। बैंकको कमिशन आम्दानी भने समीक्षा अवधिमा १० दशमलव ८६ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको निक्षेप दुई दशमलव ३२ प्रतिशत बढेको छ । त्यस्तै, कर्जा छ दशमलव १३ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष एक दशमलव ९८ प्रतिशतले मात्र बढेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २७ दशमलव ४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ