प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

प्रशिक्षक अल्मुताइरीलाई खेलकुद मन्त्रीको स्वागत

  • आइतवार, कार्तिक १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, १४ कात्तिक । नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् ।

आइतबार मन्त्री गहतराजले मन्त्रालयमा एक कार्यक्रम गर्दै प्रशिक्षक अब्दुल्लाहलाई नेपालमा स्वागत गरेका हुन् ।

नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह हिजो ९शनिबार० नेपाल झरेका थिए ।

बंगलादेशसँग बराबरी खेल्दै २८ वर्षपछि नेपाल फाइनलमा पुग्दा प्रशिक्षक अब्दुल्लाहले राजीनामा दिएका थिए । सोही दिन उनले नेपालसमेत नजाने बताएका थिए ।

फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित हुँदै पहिलो पटक उपाधि हातपार्न वञ्चित भएको नेपाली टोली स्वदेश फर्कंदा प्रशिक्षक अब्दुल्लाह भने कतार नै बसेका थिए ।

फाइनल लगत्तै पुनः नेपाल फर्कंन तयार रहेको बताएका अब्दुल्लाहले गत १० गते ९बुधबार० एन्फासँग आफूले तीन वर्ष रहने निर्णय भएको सामाजिक सञ्जालबाट बताएका थिए । यस विषयमा एन्फाले भने कुनै पनि आधिकारिक धारणा राखेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ