कुमारी बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६५ पैसाले घट्यो

कुमारी बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ६५ पैसाले घट्यो

  • आइतवार, कार्तिक १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, १४ कात्तिक । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बै‌ंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव १९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बै‌ंकको पहिलो त्रैमासमा खुद नाफा घटेसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि तीन रुपैयाँ ६५ पैसाले घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५ दशमलव ६० रुपैयाँ छ । गत आर्थिक वर्षकोपहिलो त्रैमासमा बैंकको वार्षिक ईपीएस १९ दशमलव २५ रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी दुई दशमलव १९ प्रतिशत र समीक्षा अवधिसम्ममा सञ्चालन नाफा १० दशमलव ५८ प्रतिशतले घटेको छ ।

यता, बैंकको वितरणयोग्य नाफामा भने ३२६ दशमलव ९३ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब १० करोड ६३ लाख १० हजार रुपैयाँ छ । यसअनुसार बैंकले वार्षिक ३१ दशमलव ८८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकको निक्षेप संकलन र कर्जा लगानी दुबै बढेको छ । बैंकले एक खर्ब ५५ अर्ब १८ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ५२ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा तीन अर्ब ९३ करोड रुपैयाँ छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ