राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारको उद्‌घाटन

राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारको उद्‌घाटन

  • आइतवार, कार्तिक १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बुटवल, १४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न क्षेत्रको अवलोकन गरेकी हुन् ।

राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आइपुगेकी थिइन् । लुम्बिनीमा आएपछि राष्ट्रपति भण्डारीले सबैभन्दा पहिले त्यहाँ बनेको बज्रयान बिहार उदघाटन र पूजा गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

त्यसपछि राष्ट्रपतिले मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरूयोजनाको प्रगतिबारे जानकारी लिएकी थिइन् । राष्ट्रपति भण्डारीलाई लुम्बिनी विकासको गुरूयोजनाको हालसम्मको प्रगतिबारे कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले जानकारी गराएका थिए ।

त्यसलगत्तै लुम्बिनीमै बनेको अन्तर्राष्ट्रिय सभा हलको समेत अवलोकन गरेको सदस्य सचिव शाक्यले बताए । त्यस्तै, नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्नुका साथै शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गरेको र लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिएको सदस्य सचिव शाक्यले बताए ।

शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बाग्मती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनीमा आइपुगेको कोषका सदस्यसचिव शाक्यले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ