कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड

कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड

  • आइतवार, कार्तिक १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, १४ कात्तिक । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो त्रौमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १८ प्रतिशतले मात्र वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विवरणअनुसार बैंकले नाफा वृद्धि गर्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षमा १५ रुपैयाँ ९० पैसा रहेको प्रतिसेयर आम्दानी रहेकोमा अहिले अहिले १४ रुपैयाँ ७० पैसा रहेको छ ।

खुद ब्याज आम्दानी २७ दशमलव ३० प्रतिशतले बढेर एक अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक भएको विवरणअनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले एक खर्ब ५३ अर्ब २२ करोड ०५ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ६५ अर्ब ०५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई करोड ४५ लाख ३२ हजार रुपैयाँ छ । यसबाट बैंकले वार्षिक शून्य दशमलव ६० प्रतिशत मात्र लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

त्यस्तै, समीक्षा अवधिमा चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ र सेयरधनी कोषमा तीन अर्ब ६५ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ