सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो

सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो

  • आइतवार, कार्तिक १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, १४ कात्तिक। इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जित हात पार्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी स्तब्ध भएको छ ।

शनिबार राती भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान गोल अन्तरले पराजित गरेकाे हाे ।

लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा रोकिँदा सिटी घरमै क्रिस्टल प्यालेससँग २-० ले स्तब्ध भएको हो ।

अन्य खेलमा आर्सनलले लेस्टरलाई २–० ले हरायो । साउथह्याम्पटनले वाट्फोर्डलाई १-० ले हराउँदा बर्नलीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेकाे छ ।

खेलसँगै चेल्सी १० खेलबाट २५ अंकसहित पहिलो स्थानमा छ । २२ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा म्यानचेस्टर सिटी २० अंकसहित तेस्रो स्थानमा छ । समान १७ अंकका साथ वेस्ट ह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनल समान १७ अंक सहित चौथो, पाँचौ र छैटौं स्थानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ