एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि लगानीकर्ताको असन्तुष्टि

एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि लगानीकर्ताको असन्तुष्टि

  • शनिबार, कार्तिक १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, १३ कात्तिक ।  पछिल्लो समय सेयर बजारमा बोनसको सिजन नै चलिरहेको छ । बैंक, माइक्रो फाइनान्सहरूले बोनस घोषणा गरिरहेका छन् । अपेक्षितभन्दा बढी बोनस घोषणा हुँदा लगानीकर्ताको चाप उक्त कम्पनीको सेयरमा बढ्ने गरेको छ । यद्यपि बोनस कम आएमा उक्त कम्पनीको सेयर मूल्य घट्ने गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ३३४औं बैठकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) गरी कुल रु.१०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त बैठकले वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ को ६ प्रतिशत अर्थात ५३ करोड ३६ लाख २३ हजार ३०.६८ बराबरको बोनस सेयर तथा ४.३२ प्रतिशत अर्थात रु.३८ करोड ४२ लाख ८ हजार ५ सय ८२.०९ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले बोनस घोषणा गरेसँगै लगानीकर्तामा उत्साह भने कम भएको छ । अपेक्षा गरिएको भन्दा कम बोनस घोषणा भएकोले साताको पहिलो दिन आइतबार बजार खुल्दा यसको सेयर मूल्यमा गिरावट आउन सक्ने सम्भावना बढेको छ ।

सामाजिक सञ्जालमा लगानीकर्ताले बैंकले अपेक्षाअनुसार बोनस नदिएको गुनासो गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी