तानाशाह ओलीलाई घोडाबाट खसाल्यौँ : माधव नेपाल

तानाशाह ओलीलाई घोडाबाट खसाल्यौँ : माधव नेपाल

  • बिहिबार, कार्तिक ११, २०७८
  • डम्मर दत्त भट्ट

  • 11.6K
    SHARES

कञ्चनपुर, ११ कार्तिक । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीलाई लक्षित गरेर बादशाहलाई घोडाबाट झाँरिएको कटाक्ष गरेका छन । बिहीबार समाजवादी पार्टी कञ्चनपुरको महेन्द्रनगरमा विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कपि ओली जस्तो तानाशाहीलाई सत्ताबाट निकालेको बताएका हुन ।
एमाले अध्यक्ष ओलीप्रति लक्षित गरेर बादशाहलाई घोडाबाट झाँरिएको कटाक्ष गरेका हुन । ‘बादशाहलाई घोडाबाट झारेर नयाँ अवस्था सृजना भएको छ, ‘पाँच दलको गठबन्ध भएको छ, चुनावसम्म रहन्छ ।’
नेपालले ओली नेतृत्वको सरकारले निर्मलालाई समेत न्याय नदिएको बताउदै, ओली राष्ट्रवादी नेता नभएको दावि गरे । पार्टीको दवावमा दार्चुला स्थित भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी सहित समावेस भएर निकालिएको किताब भारतीय पक्षको डरले लुकाएको बताए । ‘कहिले घोचपेच गर्ने, कहिले लम्पसारवादी हुने ओलीले प्रवृति हो, ‘उनले भने, ‘यस्तो ओली प्रवृतिमा चलिरहेकै छ ।’
पार्टीले नयाँ किर्तिमान कायम गरेको बताउदै नेपालले सुप प्रदेश संसदीय दलमा पाटी पहिलो बनेको बताए । ‘हामी सुप प्रदेशमा पहिलो, माओवादी दोस्रो, काँग्रेस तेस्रो र केपी ओली त त्यो भन्दा तलतल ।’ आफुहरुले बनाएको पार्टी ओलीले कब्जा गर्न खोजेपछि बिद्रोह गरेर नयाँ पार्टी बनाएको उनले बताए । ‘मलाई ओलीको चर्चा गर्नुछैन, उहाँ अहिले जथाभावि आक्र्रोस पोख्दै हुनुहुन्छ, ‘नेपालले भने, ‘स्वयत्त निकायमा ओलीले अनावश्यक बखेडा झिकिरहेका छन ।’ समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति थप कटाक्ष गर्दै गाँउकी काम नगर्ने बुढीकाखीको संज्ञा दिदै बोल्ने, बुहारी थर्काउने ओली प्रवृति, कम्यूनिष्ट आन्दोलनमा बिरुद्धमा आएको विचलन बिरुद्धमा दृढताका साथ नेता कार्यकर्ताले साथ दिएकाले नयाँ पार्टी बनेको बताए । समाजवादीका अध्यक्ष नेपालले चुनाव र जनताको काममा होमिन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बाढीपीडितहरुलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग अघि सारे । बाढीपीडित जनताहरुलाई सहयोग गर्न समेत नेपालले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ