कटारीको पोखरियामा पहिलोपटक पुग्यो बिजुली र सडक

कटारीको पोखरियामा पहिलोपटक पुग्यो बिजुली र सडक

  • बिहिबार, कार्तिक ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

उदयपुर, ११ कात्तिक । कटारी नगरपालिका- १ पोखरियामा सडक र विद्युत पुगेको छ । सिरहा र उदयपुरको सिमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलोपटक सडक र विद्युत पुगेको हो ।

विकासबाट ओझेलमा परेको पोखरियामा नगरपालिकाको पहलमा सडक र विद्युत पुर्‍याएको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । विकासबाट पछि परेका गाउँहरूलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई नगरले जारी राखेकाले पोखरियामा बत्ती र सडक पुगेको उनको भनाइ छ । गाउँमा बिजुली र सडक पुगेपछि स्थानीय हर्षित भएका छन् ।

नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा पोखरियामा बिजुली बालिएको नगर प्रमुख श्रेष्ठले बताए । बिजुलीसँगै त्यहाँ नगरपालिकाले सडक पनि निर्माण गरिदिएको छ । ३० घरमा सबमिटर राखेर ६४ घरधुरीमा बिजुली बाल्न सुरु गरिएको श्रेष्ठले बताए । सडक र विद्युतको प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशका राज्यमन्त्री कला घलेले उदघाटन गरेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ