विवेकशील साझामा फेरि झगडा, मिलन पाण्डेको अधिकार खोसियो

विवेकशील साझामा फेरि झगडा, मिलन पाण्डेको अधिकार खोसियो

  • बिहिबार, कार्तिक ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, ११ कात्तिक । विवेकशील साझा पार्टीमा फेरि घरझगडा सुरु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई केन्द्रीय कमिटी बैठकको दुई तिहाइले पारित भएपछि विवाद देखिएको हो ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमतसंग्रहको माग राख्दै तयार पारिएको दस्ताबेजलाई केन्द्रीय समितिका एक सय २४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। यसअघि अध्यक्ष मिश्रलाई सेरेमोनियल र संयोजक मिश्रलाई कार्यकारी अधिकार दिइएको थियो । तर, बिहीबारको बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पाण्डेको अधिकार कटौती गरिएको हो ।

विवेकशील साझाले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

उता, पाण्डे समूहले भने मिश्रले पार्टी फुटाएको आरोप लगाएको छ । पार्टीको विधानमा संयोजकलाई कार्यकारी अधिकार दिइएको भन्दै निर्वाचन आयोगमै भेट हुने चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ