रोकिएन तस्करी : झण्डै २४ लाखको अवैध सामग्री बरामद

रोकिएन तस्करी : झण्डै २४ लाखको अवैध सामग्री बरामद

  • बिहिबार, कार्तिक ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

बुटवल, ११ कात्तिक। प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाईले मंगलबार र बुधबार गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख ८५ हजार रुपैयाँको अवैध सामान बरामद गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भन्सार छलीको २ लाख ५९ हजार ५६० रुपैयाँ बरबरको कपडा लगायतका सामान नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ । सिद्धार्थनगर नगरपालिका बाइपास रोडस्थित नेपालमा एक महिनादेखि अवैधरुपमा धनगढीको भित्री स्थान हुँदै प्रवेश गरेको यूपी २१ सिई ४०६४ नम्बरको १५ लाख बराबरको गाडी भारत प्रवेश गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएर कारवाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

इलाका प्रहरी कार्यालय मझगाँवा रुपन्देहीबाट खटिएको टोलीले लत्ताकपडा, चिनी लगायत २ लाख १६ हजार रुपैयाँको मालसामान, प्रहरी चौकी दुर्गौलिया र सीमा प्रहरी चौकी कदमहवाको टोलीले लत्ताकपडा, झोला र चिनी गरी २ लाख ३८ हजारको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरी चौकी मैनीहवाबाट खटिएको टोलीले रोहिणी गाउँपालिका-२ भगवानपुर चोकमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको एक लाख ८० हजारको ६० पिस स्वीमिङ प्याड बरामद गरी भन्सार कार्यालय चलान गरेको छ ।

इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको टोलीले तिलोत्तमा-१५ पत्थरडाँडाबाट भारतबाट भन्सार छलेर ल्याइएको २५२ पिस लेडिज ब्रा, चकलेट, कुर्ता सुरुवाल, पनिर मसला लगायत ७५ हजारको सामान नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भारतीय नम्बरका दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख ३२ हजारको‍ चिनी बरामद गरी भन्सार कार्यालय पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ