नेप्से परिसूचक र कारोबार रकम दुबै निरन्तर उकालो

नेप्से परिसूचक र कारोबार रकम दुबै निरन्तर उकालो

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

कात्तिक १०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६६ प्रतिशतले वृद्धि भएको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ७६९ दशमलव १३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयरको ७५ हजार ६१२ पटकमा रू। ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी वेष्ट फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ५८० मा पुगेको हो । त्यसैगरी दोस्रोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव २१ प्रतिशतले वृद्धि भएर रू १ हजार २०५ पुगेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै यो दिन शेयरमूल्य बढेको हो ।

एभरेष्ट बैंकको कन्भर्टेबल प्रिफिरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव २४ प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ६३३ म झरेको हो । त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७१ प्रतिशतले घटेर रू ४८६ मा झरेको छ ।

बुधवार सर्वाधिक शेयर खरीदविक्री भने नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू। ४३ करोड १९ लाख ३१ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू १ हजार ६०६ कायम भएको छ ।

कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल एण्ट टुरिजमको शून्य दशमलव ३१ प्रतिशत, विकास बैंक समूहको शून्य ३ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक २ दशमलव शून्य ६ प्रतिशतले बढेको छ । त्यसैगरी समूहगत परिसूचक बढ्नेमा बैंकिङ् समूहको परिसूचक शून्य दशमलव ७ प्रतिशत,व्यापार समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशत,वित्त समूहको शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समूहको १ दशमलव ४५ प्रतिशत,अन्य समूहको १ दशमलव २२ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ