अजरबैजानका दुई खेलाडी नुर्लान र सदिक मच्छिन्द्र क्लबमा आबद्ध

अजरबैजानका दुई खेलाडी नुर्लान र सदिक मच्छिन्द्र क्लबमा आबद्ध

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, १० कात्तिक । आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि साविक विजेता मच्छिन्द्र क्लबले दुई विदेशी खेलाडी भित्र्याएको छ ।

गत वैशाखमा भएको नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीबाट खेलेका नुर्लान जाहिद र सदिक कुलियेभलाई मच्छिन्द्रले क्लबमा भित्र्याएको हो । दुवै अजरबैजानका खेलाडी हुन् ।

दुवै खेलाडी बुधबार नेपाल आइपुगेका छन् भने उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा क्लबका पदाधिकारीले स्वागत गरे । नेपाली फुटबल जगतमा भएको नयाँ सुरुआत एनएसएल खेलिसकेका नुर्लान नेपाली फुटबलमा नयाँ होइनन् । यद्यपि, ए डिभिजन लिगमा भने यो उनको डेब्यू सिजन हो । एनएसएलमा नुर्लानले ८ खेलमा दुई गोल गरेका थिए ।

नुर्लानसँगै मच्छिन्द्रले भित्र्याएका अर्का सेन्टर ब्याक सदिक कुलियेभले भने पहिलो पटक नेपालमा खेल्नेछन् । सदिकले अजरबैजानको युवा टोलीबाट खेलिसकेका छन् ।

एन्फाले आयोजना गर्ने ए डिभिजन लिग २९ कात्तिकमा सुरु हुनेछ । जहाँ १४ क्लबको सहभागिता रहनेछ ।

मछिन्द्रले यसअघि नै सुजल श्रेष्ठ, अभिषेक रिजाल, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रन्जित धिमाल, देभेन्द्र तामाङलगायत खेलाडी अनुबन्ध गरिसकेकाे छ । प्रशिक्षकमा प्रवेश कटवाल रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ