साधना लघुवित्तको नाफा ८८ दशमलव ३९ प्रतिशत, प्रतिसेयर आम्दानी पनि बढ्यो

साधना लघुवित्तको नाफा ८८ दशमलव ३९ प्रतिशत, प्रतिसेयर आम्दानी पनि बढ्यो

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, १० कात्तिक । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

उक्त विवरणअनुसार समीक्षा अवधिसम्म आइपुग्दा संस्थाले तीन करोड २९ लाख आठ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ८८ दशमलव ३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ आठ पैसाबाट १९ रुपैयाँ १४ पैसा बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५ दशमलव ८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा छ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३० दशमलव ७२ प्रतिशतले बढेर सात करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षाअवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने १८ दशमलव ६७ प्रतिशतले बढेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८९ दशमलव २७ प्रतिशतले बढेर चार करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रूपैयाँमा सीमित थियो । लघुवित्तको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी