माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा

माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा

  • बुधबार, कार्तिक १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १० कात्तिक । माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा आज बुधबार आयोजना हुने भएको छ । सभामा १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानको विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ