सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

  • मङ्लबार, कार्तिक ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ९ कात्तिक । सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा तथा लाभांश वितरणका लागि सिभिलले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसर्थ, १३ कात्तिकसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै लाभांश पाउनेछन् । लघुवित्तले सभामा चार करोड ६० लाख ३ हजार ६२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने करका लागि २४ लाख २१ हजार २१३ रुपैयाँ नगद लाभांशमा खर्चिनेछ ।

सभामा लाभांश दिने प्रस्ताव पेश हुनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष ०७७/७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेन्डा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ