अमेरीका सहनी पुर्पक्षका लागि जेल चलान

अमेरीका सहनी पुर्पक्षका लागि जेल चलान

  • मङ्लबार, कार्तिक ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

वीरगञ्ज ८ कात्तिक । पकाहामैनपुर गाउँपालिका १ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ ।

साउन ६ गते आइतबार राति खैरो हिरोइन सहित पक्राउ परेका पर्साको पकहामैनपुर गाउँपालिका वडा नंं। १ का वडाध्यक्ष अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ ।

लागू औषध खैरो हिरोइन ९ब्राउन सुगर०सहित पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको थियो । वडा अध्यक्ष अमेरिकासँगै राम आदेश पनि पुर्पक्षका लागि कारारगार पठाईएका छन् । वडा सदस्य बलिष्टर सहनीलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।

वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकल पछाडि बसेका थिए ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर यसअघि पनि लागू औषध गाँजा मुद्दामा धरौटीमा छुटेका थिए भने वडाअध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड आफूसँग रहेको दावी प्रहरीले गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ