काठमाडौं, ८ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटमा सम्हालिन नसक्दा नेपाल ईरानसँग चार शुन्यले पराजीत भएको छ । बलियो टोली ईरानसँग पहिलो हाफ्मा बराबरी गर्दा दोस्रो हाफ्मा भने नेपाल सम्हालिन नसक्दा चार गोल व्यहोर्न बाध्य भयो ।
ताजकिस्तानको दुशन्बेमा भएको खेलमा ईरानले दोस्रो हाफ्को ४७, ७६, ७८ र ९३ मिनेटमा गोल गर्यो । पामिर स्टेडियममा पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न सकेको थिएन ।
नेपालका डिफेण्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline