पुर्व खानेपानीमन्त्री मगर बाढी प्रभावित क्षेत्रमा

पुर्व खानेपानीमन्त्री मगर बाढी प्रभावित क्षेत्रमा

  • सोमवार, कार्तिक ८, २०७८
  • डम्मर दत्त भट्ट

  • 10.8K
    SHARES

कञ्चनपुर, ८ कार्तिक। कञ्चनपुरमा बाढीपीडितहरुको अवस्था बुझ्नका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा पुर्व खानेपानि मन्त्री बिना मगर बाढी प्रभावित तथा पीडित जनताहरुको घरदैलोमा पुगिरहेकी छिन ।
नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व खानेपानि मन्त्री बिना मगरका स्वकीय सचिव दिपक तिल्मिसिनाले आइतबारदेखि पुर्व खानेपानी मन्त्री मगरले बाढिप्रभावित क्षेत्र र बाढिपीडित संग छलफल गरिरहेको बताए । ‘मन्त्री ज्यूले स्थानीय सरकारसंग समन्वय गरेर बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन र पीडित परिवारसंग छलफल गरेका छन, ‘उनले भने, ‘हामी संघ र स्थानीय जनप्रतिनिधीले संयुक्त रुपमा अनुगमन गरिरहेका छौँ ।’ उनका अनुसार सोमबार पूनर्वास नगरपालिका ५, ७, ८, ९, १० र ११ सहित आइतबार बेलौरीका ६, ७, ८, ९, १० सहित वाढि प्रभावित क्षेत्र, दोदाको कटानी र पूनर्वासका केही वाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको उनले बताए ।

No description available.

वाढि प्रभावित भएकै बेला संघीय सरकारसंग न्यायोचित राहत, पूर्र्नस्थापना एव उचित क्षतिपूर्तिको माग अघि सारेकी मन्त्री मगरले निर्वाचन क्षेत्र १ को बेलौरी र पूनर्वास क्षेत्रका वाढि प्रभावित क्षेत्रको अनुगमन गरेकी छिन ।

आफ्नो निर्वाचन क्षेत्रमा वाढिपीडित जनतासंग भेटघाट र प्रभावित क्षेत्रको अनुगमन गर्दै पुर्वखानेपानीमन्त्री समेत रहेकी बिना मगरले वाढि पीडित जनतालाई उचित राहत, पूर्नस्थापना र वाढिबाट क्षतिग्रस्त भएका भौतिक संरचना, खेतबारी, सडक एव सार्वजनिक क्षेत्रको सरकारले पूर्नस्थापना गर्दै, क्षेत्र १का ठुला नदी दोदा, चौधर, झर्नाखोला लगायतका सानाठुला खोलाको कटानी नियन्त्रणका लागि दिर्घकालिन योजना ल्याउन समेत संघीय सरकारसंग आग्रह गरेकी छिन । माओवादी केन्द्र खानेपानी विभागकी संयोजक समेत रहेकी पुर्वखानेपानी मन्त्री मगरले वाढि प्रभावित क्षेत्रमा खानेपानीको अभाव भएकाले सो तर्फ समेत ध्यान दिन आग्रह गरेकी छिन । निर्वाचित संसद जनताको दुख पीडि बुझ्नका लागि घरमै आएको भन्दै पीडितले संसद मगरप्रति आभार प्रकट गरेका छन ।

No description available.

पूनर्वास नगरपालिका ५ सिमरीका वाढिपीडित गणेश रानाले निर्वाचित संसदले पीडितको पीडामा मलम लगाउने काम गरेको बताए । क्षेत्रको वाढि पीडितको स्थलगत अनुगमन गरेकी संसद मगरले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर पीडितलाई न्यायोचित राहत, क्षतिपूर्ति एव पूर्नस्थापना गर्नुपर्नेमा सुझाव दिनुभयो ।

No description available.
बेलौरी नगरपालिका ८का वाढि पीडित महेश चन्दले निर्वाचित भएकी संसद पीडितको पीडा बुझ्नका लागि आएको विषय ठुलो आश पलाएको बताए । ‘यस अघिका चुनाव जितेका संसदले हाम्रा पीडामाथि कहिल्यै साथ दिएनन, ‘उनले भने, ‘आज हामीलाई दुख्दा हाम्रो निर्वाचित संसद घरदैलोमै पुगे ।’ खानेपानीमन्त्री मगरले वाढिपीडितको समस्याप्रति आफुले आफ्नो क्षेत्रबाट तीनै सरकारलाई घचघच्याउने र न्यायोचित राहत दिलाउने प्रतिबद्धता समेत जाहेर गर्नुभएकाे छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ